नेपाल भारत सीमा क्षेत्रमा देखिएका सीमा समस्या तथा सीमाविवादको पछिल्लो प्रवृत्ति
सीमा विवाद · १ हजार ८ सय ५० किलोमिटर खुला सीमाना रहेको नेपाल भारतबीच मुख्यत : कालापानी र नवलपरासीको सुस्तामा सीमा विवाद रहेको भएपनि सीमावर्ती कतिपय स्थानमा सीमा समस्या, भारतीय सीमा सुरक्षाबल SSB को असहिष्णू व्यवहार देखिदै आएको छ । भारतसंग जोडिएका २७ जिल्लामध्ये अधिकाशंमा सीमा समस्या देखिएको । · भारतसँग सीमा कायम गर्ने ८ हजार ५ सय ५३ वटा स्तम्भ रहे पनि सबैको दुरुस्त अवस्था राखिएको छैन । सीमा स्तम्भमध्ये ठूला स्तम्भ ९ सय १६ , मझौला २ हजार ४ सय ८१ र साना सीमास्तम्भ ५ हजार १ सय ५६ वटा छन् । पछिल्लो आँकडाअनुसार २ हजार २ सय बढी स्तम्भ अझै हराइरहेका छन् । स्तम्भ हराएका ठाउँमा भारतीय पक्षबाट सीमा अतिक्रमणका घटना बर्सेनि दोहोरिने गरेका । · भारतसँगको सीमा क्षेत्रमा रहेको खुला सीमाना, जनस्तरबाट पहिचान हुनेगरी स्पष्ट सिमांकनको अभाव, सीमा क्षेत्रको रुपमा रहेका नदी, खोलाहरुको धार परिवर्तन, भारतीय पक्षवाट दशगजा लगायतका सीमा क्षेत्रमा गरिने एकतर्फी भौतिक संरचना निर्माण‚ अनधिकृतरुपम...